१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

ABC (क्राईमबिट)
काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहिबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका दुई जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गरेका छन् ।

नेपाल सरकार उपप्रधान तथा गृहमन्त्रीस्तरको असार २९ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकद्वय कालीदास धौवजी र कुमार न्यौपाने सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा अनुशासित र ईमान्दारितापूर्वक व्यवसायिक ढंगबाट जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्त भएको उल्लेख गर्दै दर्जासँगै प्राप्त भएको थप जिम्मेवारी निर्वाहमा अझ बढि कृयाशिल रहँदै ईमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन समेत दिए ।

उनले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत अनुशासन, ईमान्दारीता, कर्तव्यनिष्ठ बनाई उच्च मोराल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, नागरिकको सेवा, विपद् प्रकोप पीडितको उद्धार, सीमा सुरक्षा, चोरीपैठारी तथा निकासी नियन्त्रण लगायत राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई कृयाशिल रहन निर्देशन दिए ।

राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले विश्वव्यापी महामारीका समय होस वा विभिन्न भौगोलिक क्षेत्रमा रहि कठ्यांग्रीने जाडो तथा प्रचण्ड गर्मी र विपद् प्रकोपको समयमा समेत आफ्नो ज्यानको प्रवाह नगरी अग्रपंक्तिमा खटिदै आफ्नो भूमिका निर्वाहमा कटिवद्ध रहेर सांगठानिक विकास तथा राष्ट्र र नागरिकको सेवा सुरक्षामा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भ्रष्टाचार, मानवअधिकार र लैगिंक हिंसा लगायतका विषयमा संगठन शुन्य सहनशिलताको नीति अङ्गिकार गर्दै अगाडी बढिरहेको उल्लेख गर्दै सोको सबैले अनुशरण गरी सुशासन कायम राखी शान्ति सुरक्षाको माध्यमद्वारा समग्र राष्ट्रको विकासमा व्यक्तिगत स्वार्थभन्दा माथि रहेर सामुहिक भावनाकासाथ उच्च मोरालमा रहि व्यवसायिक कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत त्यसैअवसरमा निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!