१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सर्वोच्चद्वारा सशस्त्रका डिआइजी प्रवीणकुमार श्रेष्ठको पदावधि नथपिनुको कारण माग

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रवीणकुमार श्रेष्ठको पदावधि थप नहुनुको कारण पेस गर्न आदेश दिएको छ । शुक्रवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काललाई निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश पनि जारी भएको छ ।

‘अहिले उहाँको अवस्था जे छ, त्यसमा राखेर छलफलका लागि बोलाउने आदेश भएको हो ।’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनसँग भने ।

सशस्त्र प्रहरी नियमावली अनुसार डिआइजीको पदावधि चार वर्ष रहेको भए पनि सशस्त्र प्रहरी महानिरीक्षक(आइजिपी) को सिफारिसमा सरकारले एक वर्ष अवधि थप्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार श्रेष्ठको पदावधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव समेत गएको भए पनि अन्तिम समयमा निर्णय भएको थिएन ।

हालका आइजिपी शैलेन्द्र खनालले चैत अन्तिम साता अनिवार्य अवकाशमा जाँदै गर्दा उनको पदावधि थप भएको अवस्थामा महानिरीक्षक बन्ने बाटो खुल्नेछ । खनालको अवकाश पछि एक महिनाका लागि पुष्पराम केसी आइजिपी बन्ने र केसीको अवकाशपछि श्रेष्ठले सशस्त्र प्रहरीको नेतृत्वमा पुग्ने छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!