१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

पुर्व मन्त्री दिपक गिरीलाई दाङमा भब्य स्वागत

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(तेज वली)
दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सवैलाई एकतावद्ध भयर पार्टीलाई बलियो बनाउन तर्फ लाग्न आह्वान गरेका छन् । शनिबार वीपी स्मृति दिवसको अवसरमा तुलसीपुरको बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यापर्ण कार्यक्रममा बोल्दै उनले अहिले पनि महामानव बीपी कोइरालले लिएको मेलमिलाप नीति सान्दर्भीक भएको भन्दै सवैलाई एकतावद्ध भएर काँग्रेसमा लाग्ने आग्रह गरे ।

केन्द्रिय सदस्य गिरीले महामानव बीपीले ‘ठुलो मान्छे होइन एक असल मान्छे हुनुपर्छ भन्ने भनाई लाई सवैले आत्म साथ गर्नुपर्ने बताए । गिरीले सवै बर्ग, जातजाति भाषाभाषी र सवै कार्यकर्ताहरु एकवद्ध भएर दाङलाई काँग्रेसमय बनाउन पनि आग्रह गरे । ‘दाङ काँग्रेसको उरर्वर भुमिहो फेरीपनि एकता देखाएर दाङलाई काँग्रेसमय बनाउने बेला आएको छ उनले भने । ’ पूर्व मन्त्री समेत रहेका गिरीले अहिलेको सरकारको पहिलो प्राथमीकता जनताको जिवन बचाउने भएको बताए ।

उनले यस अघिको सरकारले जनमतको सम्मान र कदर गर्न नसकेको पछि लोकतन्त्र र संविधान बचाउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै अव जनताले विकास र देशले निकास पाउने बताए । ‘साम्यवादीहरुले नकिले नारा लगायर हिजो जनतालई झुकाए र हामीहरु जनमतमा असफल भएपछि हामीहरुले जनमतको कदर गर्दै शान्ति पूर्वक प्रतिपक्षको भुमिका खेलेका थियौ तर अव सरकारमा छौं –केन्द्रिय सदस्य गिरीले भने ।

‘हाम्रो पहिलो प्राथमीकता जनतालाई महामारिकोबाट बचाउन खोपनै हो प्रधानमन्त्रीले पनि भनि सक्नुभएको छ उनले भने । गिरीले काँग्रेस दाङको विकासमा लाग्ने भन्दै दाङको विकास र विरोजकारी युवाहरुलाई रोजगारी दिनेमा आफुहरु लाग्ने बताए । उनले अहिले विकास निर्माण विभिन्न बहानामा रोकीएको भन्दै अव त्यसलाई निरन्तर्ता दिने बताए । उनले तुलसीपुर –घोराही सडक खण्डमा निर्माण गर्दा ठुलो भ्रष्टाचार भएको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए । सो अवसरमा काँग्रेस नेता गिरीलगायत अन्य नेताहरुले बीपीको शालिकमा माल्यापर्ण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!