ABC (क्राईमबिट)
चितवन । लागूऔषधसहित पक्राउ
चितवनमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । साउन ६ गते बुधबार चितवनबाट पोखरातर्फ जान हिँडेका १९ वर्षीय निकेश गुरुङको साथ प्रहरीले विभिन्न लागूऔषध बरामद गरी आज उनलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका १० रामघाट बस्ने ती किशोरको साथबाट नुफिम(३०)पिस, डाईजेपाम(३०)पिस,र फेनरागण(३०)पिस लागु औषध फेला पारिएको छ ।
पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखि अनुसन्धान अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।