(ABC-Sanchar)
दाङ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृत्यु भएको हो ।
तुलसीपुरबाट विजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले बताए ।
‘विहान ५ बजे हामीलाई खबर आयो । घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको रैछ डिएसपी अर्यालले भन्नुभयो–‘शवलाई राप्ती प्रादेशीक अस्पतालमा पु¥याएका छौं ।’ फोरलेन सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको हो ।