
ABC (क्राईमबिट)
दाङ्ग । लमही नगरपालिका वडा नम्बर ३ मजगाँउ बस्ने वर्ष २५ का ज्ञान बहादुर चौधरी र वडा नम्बर २ फल्कापुर बस्ने वर्ष २१ का किसन चौधरीलाई अवैध ईपिलिपी जातको १८ थान गोलिया ओसारपसार गर्दै गर्दा वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको थियो।
साउन ११ गते अंन्दाजी ४ बजेको समयमा लमही नगरपालीका वडा नं. २ राजपुरघाट स्थित रा. १ त. ४०७३ नं. को ट्याक्टरमा अवैध रुपमा काठ ओसारपसार गरी रहेको अवस्थामा टेक्टर र दुई जनालाई नियन्त्रमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ।