१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

गृहमन्त्री खाँणको निवासमा डनहरु पुगे स्वागत गर्न

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

(ABC-Sanchar)
कामठाडौं । बालकृष्ण खाँण गृहमन्त्री भएपछि कांग्रेस निकट डनहरुको फुर्ती बढेको छ । गृहमन्त्री खाँणको नाम लिँदै केही डनहरु त प्रहरीलाई नै धम्काउन थालिसकेका छन् ।

त्यसो त मन्त्री खाणले पनि आफ्नो निवासमै डनहरुलाई स्वागत गर्न थालेका छन् । पोखराका ललित गुरुङले आइतबार मन्त्री खाणलाई पुल्चोकस्थित निवासमै भेटेर बधाई दिएका छन् । यो दृश्यले प्रहरी अधिकारीहरु चकित भएका छन् ।

उनकै नेतृत्वमा पोखरामा वर्षाैसम्म संगठित रुपमा गुन्डागर्दी चलेको थियो । एलजी ग्रुपका नाममा उनले व्यवसायीलाई आतंकित बनाएका थिए । पटक पटक पक्राउ परे उनी जेल समेत बसे । पछिल्लो पटक २०७५ सालमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी आक्रामक बनेपछि उनी कांग्रेसका केही नेतालाई प्रभावमा पारेर तरुण दलमा लागेका थिए । हाल उनी तरुण दल लमजुङको नेता बनेका छन् । राजनीतिक आवरणमा उनको गुन्डागर्दी अझै नरोकिएको प्रहरी अधिकारीहरु बताउँछन् । त्यस्ता व्यक्तिलाई गृहमन्त्रीले स्वागत गरेका छन् ।

उनीमात्र होइन कांग्रेस निकट अन्य ‘डन’हरुको समेत चुरीफुरी बढेको छ । काभ्रेली समूहका दावा लामा लगायतको आतंक बढ्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

error: Content is protected !!