१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

कर्णाली नदिमा जीप खसियो श्रीमान श्रीमति बेपत्ता, ३ छोरा-छोरी घाइते

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८

(सर्मिला बोगटी)
धनगढी । कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालक घाईते घएका छन्। जिल्ला पैहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका ७ बाँकामा चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले स्कारपियोमा पाँच जना सवार रहेकोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा पाईएको र अन्य दुई जना गाडी सहित नदीमा खसेको बताए ।

गाडीमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी, रुपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी, र सावित्री जोशी सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिए। नदीमा खस्दा चन्द्र जोशी, रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको अवस्था जटिल रहेकोले तीनै जनालाई नेपालगञ्ज लगिएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]