२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले लागुऔषध मोटरसाइकल सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८


(सर्मिला बोगटी)
बर्दिया । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
राजापुर नगरपालिका–३ उत्तर टेडिया स्थित मुरैया टेडिया सडक खण्डबाट प्रहरीले एकलाई नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिका–६ बेलभरिया बस्ने २९ वर्षिय रबीन थारु पक्राउ परेका हुन् ।

थारु शंकास्पद रुपमा से.१ प ७८१४ नम्बरको मोटरसाईकल चलाई आउँदै गर्दा प्रहरीले चेकजाँच गरेको हो । प्रहरीले चेकजाँच गर्दा ४ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको हो ।

ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले थारुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले थारुलाई पक्राउ गरी अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]