१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बाँके प्रहरीले जमुनाहमा पत्रकारको नाममा प्रहरीसंग वार्गेनिङ गर्ने २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १६, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगन्जमा पत्रकारको नाममा सीमा आतंङ्क मच्चिएपछि पत्रकार महासंघ आफै आचारसंहिता विपरित काम गर्ने पत्रकारहरुका विरुद्ध विज्ञप्ति निकाल्न बाध्य बनेको छ । पत्रकारको नामबाट सीमामा सर्वसाधारण, व्यवसायी सहित प्रहरीसँग समेत वार्गेनिङ गरिन थालेपछि महासंघको बाँके शाखाले त्यस्ता पत्रकारहरुका विरुद्ध विज्ञप्ति प्रकाशित गरेको छ ।

महासंघले विज्ञप्ति मार्फत पत्रकार आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेकोछ । पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि विज्ञप्ति नै निकालेर आचारसंहिता पालना गर्न अपील गरेको हो ।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाददाता कार्ड राखेका राजन बैश्यलाई बाँके प्रहरीले रकम बार्गेनिङ्गमा संलग्न पाएपछि पक्राउ गरेको छ । पत्रकार महासंघ बाँकेले प्रकाशित विज्ञप्तिमा केहि ब्यक्तिहरुले पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको उल्लेख गरिएको छ ।

आचारसंहिता भित्र रहेर समाचार लेखेकै कारण पत्रकारमाथि जुनसुकै पक्षबाट आउने धम्की, आक्रमणका बिरुद्ध नेपाल पत्रकार महासंघ सशक्तरुपमा अगाडी सर्दै आएको जनाउंदै विज्ञप्तिमा पत्रकारिता पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाइएमा महासंघले वकालत नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘गल्तीको भागिदार स्वयं बन्नुपर्ने छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

घटना अनुसार एबिपी क्राईम न्यूजको सम्बाददाताको परिचयपत्र राखेका राजन बैश्यले प्रहरीसंग ‘तपाईले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि प्रहरीले बैश्य सहित उक्त अनलाइनको आफुलाई सन्चालक र पत्रकार बताउने आशिष मल्ल ठकुरीलाई बिहिबार (साउन १४) गते पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । बैश्यले सबैका सामु प्रहरीसंग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।

‘पत्रकार हौं भन्दै धम्काउने, पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्यले बास्तबिक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न सबैमा अनुरोध गर्दछौ । महासंघको विज्ञप्तिमा उल्लेख छ,’ -‘उक्त कार्य कहीकतैबाट कसैले गरेमा महासंघ बाँकेमा खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!