१७ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीद्वारा थप ६ जनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र १०, २०८२

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्।

आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा आफ्ना माग सम्बोधन नभएको, मन्दिरमा तोडफोड तथा गोली चलाउनेमाथि कारबाही नभएको र घाइतेको उपचारको उचित व्यवस्था नगरिएको भन्दै जिल्ला बन्दको आह्वान गरेका थिए।

सोही क्रममा बजार तथा सवारी साधन बन्द गराउँदै हिँडिरहेका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उता, बगदामा भएको घटनाको विरोधमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्षले पनि बजार बन्दको आह्वान गरेका छन्।

शनिबार बिहान बगदामा ईदका लागि नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि स्थिति तनावग्रस्त बन्दै जाँदा मन्दिरमा ढुंगामुढा र तोडफोड भएको भिडियो सार्वजनिक भएको छ।

मन्दिर तोडफोडको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने प्रदर्शनमा संलग्न अन्य ४ जनामाथि पनि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

घटनामा प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको भैरहवामा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय जिल्लामा साम्प्रदायिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न सबै पक्षलाई अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रशासनले सर्वपक्षीय बैठकमार्फत दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको र घाइतेहरूको उपचार भइरहेको जानकारी दिएको छ। साथै अनावश्यक हल्ला, बन्द तथा अशान्ति फैलाउने गतिविधि नगर्न समेत आग्रह गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ। आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो – > “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन […]

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ७८ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका ती व्यक्तिलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान […]