३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीद्वारा थप ६ जनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र १०, २०८२

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्।

आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा आफ्ना माग सम्बोधन नभएको, मन्दिरमा तोडफोड तथा गोली चलाउनेमाथि कारबाही नभएको र घाइतेको उपचारको उचित व्यवस्था नगरिएको भन्दै जिल्ला बन्दको आह्वान गरेका थिए।

सोही क्रममा बजार तथा सवारी साधन बन्द गराउँदै हिँडिरहेका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उता, बगदामा भएको घटनाको विरोधमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्षले पनि बजार बन्दको आह्वान गरेका छन्।

शनिबार बिहान बगदामा ईदका लागि नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि स्थिति तनावग्रस्त बन्दै जाँदा मन्दिरमा ढुंगामुढा र तोडफोड भएको भिडियो सार्वजनिक भएको छ।

मन्दिर तोडफोडको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने प्रदर्शनमा संलग्न अन्य ४ जनामाथि पनि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

घटनामा प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको भैरहवामा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय जिल्लामा साम्प्रदायिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न सबै पक्षलाई अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रशासनले सर्वपक्षीय बैठकमार्फत दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको र घाइतेहरूको उपचार भइरहेको जानकारी दिएको छ। साथै अनावश्यक हल्ला, बन्द तथा अशान्ति फैलाउने गतिविधि नगर्न समेत आग्रह गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!