२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोलम्बियामा टेकअफ गर्ने क्रममा विमान दुर्घटना,हालसम्म मृतकको संख्या ६६ पुग्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र १०, २०८२

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ।

रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र त्यसपछि आगलागी भएको थियो।

एएफपीकाअनुसार, यस दुर्घटनामा ५८ सैनिक, ६ जना वायुसेना कर्मचारी र २ जना प्रहरी अधिकारीको ज्यान गएको छ। यो दुर्घटना ग्रस्त सी-१३० हर्क्युलिस नामक सैनिक विमान हो।

उक्त विमान पेरुको सीमासँग जोडिएको पुतुमायो विभागको पुएर्तो लेगुइजामो शहरमा दुर्घटनाग्रस्त भएको हो। विमानमा कुल १ सय २८ जना सवार रहेको रोयटर्सले जनाएको छ।

जसमा ११५ जना सेना सवार थिए भने दुई जना प्रहरी अधिकारी थिए। त्यस्तै, विमानमा ११ जना चालकदलका सदस्य (वायुसेनाका सदस्य) हरु रहेका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]