१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

अपराधमुक्त समाजको लागि नागरिकको सहयोग अनिवार्य चाहिन्छ एसपी:अधिकारी

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(सागर थापा)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै मात्र सरुवा भएर बाँके जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन । उनले बाँके जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा स्थानीय जनताहरुको घर दैलोमा पुगेर मनो भावना अनुसार आफूले काम गर्न तयार रहेको बताए ।
आफू मिडियामैत्री प्रहरी अफिसर भएकाले चौबिसै घण्टा जिल्लाको शान्ति सुरक्षाको विषयमा पत्रकारहरुले सम्पर्क गर्न सक्ने एसपी कार्कीले बताए ।
जिल्लामा अब सीमा अपराधको अन्त्य, लागूऔषध ओसारपसारको न्यूनीकरण, तस्करहरुको समेत दिन सकिएको भन्दै बाँके प्रहरी प्रमुख एसपी अधिकारीले जिल्लाको शान्तिसुरक्षा तथा अमनचयन कायम राख्न आफू प्रतिबद्ध रहेको बताए । प्रहरी प्रमुख एसपी अधिकारीले अपराधमुक्त समाजको लागि नागरिकहरुको सहयोग अनिवार्य चाहिन्छ अनि मात्र प्रहरीले काम गर्न सक्ने बाँके एसपी अधिकारीले बताएका छन । अहिले कोरोना भाइरस विरुद्धको लडाइँ नै महत्त्वपूर्ण भएको उनको भनाइ छ । कोरोना भाइरसको जोखिम पूर्ण नियन्त्रणमा नआएसम्म सरकारले गरेको निर्णय र आग्रह पालन गरिदिन सम्पूर्ण बाँके जिल्ला बासीलाई बाँके प्रहरी प्रमुख एसपी अधिकारीले सम्पूर्ण बाँके जिल्ला बासीलाई आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!