१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सरकारले ३ जना सचिवहरुको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(ABC-Sanchar)
काठमाडौं । साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

त्यसैगरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । तीन जना सचिवले आज सरुवाको पत्र बुझ्दैछन् ।

सरकार परिवर्तनसँगै ठुलै सङ्ख्यामा सचिवको सरुवा गर्ने तयारी रहेको भए पनि शक्तिशाली मन्त्रालयमा जानका लागि सचिवहरूबिच भई रहेको कडा प्रतिस्पर्धाकाबीच अर्थमा सरुवा गरेको हो । यससँगै अब गृह सचिवको सरुवा तयारी भइरहेको सिंहदरबार उच्च स्रोतले जानकारी दिएको छ । गृह सचिव र सञ्चारमा पहिले गरेर त्यसपछि सबै सचिवको गर्ने कि भन्ने पनि छ ती स्रोतले भने ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!