१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

एसपी कार्की आएपछी लागूऔषध कारोबारी मुद्दामा ३८ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(महेन्द्र सिंह)
बर्दिया । प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गत आर्थिक वर्षमा गाँजा ४ किलो १ सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट ७ सय ४८ वटा नियन्त्रणमा लिएको जनाएको छ ।

बर्दिया प्रहरीले चालु आर्थिक वर्षको १५ दिन मै १९ नाईट्रोभ्याट ट्याबलेट, बा्राउन सुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित ४ वटा मुद्दामा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

एसपी कार्कीले लागूऔषध समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बर्दिया प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!