१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

गुल्मबाट सेनाका बख्तरबन्द गाडी सडकमा निस्किने तयारी

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८


ABC (क्राईमबिट)
इटहरी । नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निकालेर साे जानकारी दिएकाे हाे । सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएकाे सूचनामा उल्लेख छ । आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको सेनाले जनाएकाे छ ।

सूचना अनुसार सेनाका बख्तरबन्द गाडी सुनसरी र माेरङका सडकमा समेत गुड्ने छन् । सुनसरीकाे इटहरी, भुम्का चोक, ईनरुवा, भण्टावारी खनार, दुहवीमा बख्तरबन्द गाडीले अभ्यास गर्ने छन् । त्यस्तै माेरङकाे बिराटनगर समेत अभ्यास हुने सेनाले बताएकाे छ । यि स्थानमा इटहरी गुल्म अन्तरगत विभिन्न मितिमा अभ्यास हुनेछ ।

साउन १४ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, टयाङ्ग्रा खोला, पशुपति चोक, हवाईचोक, तालतलैया र सोहि रुट फिर्ता हुनेछ । साथै साउन २५ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, झुम्का चोक, ईनरुवा, भण्टावारी र सोहि रुट हुदै व्यारेक फिर्ता र साउन ३२ मा सुनसरी व्यारेकबाट ईटहरी चोक, खनार, दुहवी, बिराटनगर र सोहि रुट हुदै ब्यारेक फिर्ता हुने रूट सेनाले सार्वनजिक गरेकाे छ । काठमाडाैंकाे सीतापाइस्थित बाहिटी ब्यारेक र धनगढी गुल्मले समेत साे अभ्यास गर्न लागेकाे सेनाले जनाएकाे छ । नेपाली सेनाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!