२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गुल्मबाट सेनाका बख्तरबन्द गाडी सडकमा निस्किने तयारी

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८


ABC (क्राईमबिट)
इटहरी । नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निकालेर साे जानकारी दिएकाे हाे । सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएकाे सूचनामा उल्लेख छ । आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको सेनाले जनाएकाे छ ।

सूचना अनुसार सेनाका बख्तरबन्द गाडी सुनसरी र माेरङका सडकमा समेत गुड्ने छन् । सुनसरीकाे इटहरी, भुम्का चोक, ईनरुवा, भण्टावारी खनार, दुहवीमा बख्तरबन्द गाडीले अभ्यास गर्ने छन् । त्यस्तै माेरङकाे बिराटनगर समेत अभ्यास हुने सेनाले बताएकाे छ । यि स्थानमा इटहरी गुल्म अन्तरगत विभिन्न मितिमा अभ्यास हुनेछ ।

साउन १४ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, टयाङ्ग्रा खोला, पशुपति चोक, हवाईचोक, तालतलैया र सोहि रुट फिर्ता हुनेछ । साथै साउन २५ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, झुम्का चोक, ईनरुवा, भण्टावारी र सोहि रुट हुदै व्यारेक फिर्ता र साउन ३२ मा सुनसरी व्यारेकबाट ईटहरी चोक, खनार, दुहवी, बिराटनगर र सोहि रुट हुदै ब्यारेक फिर्ता हुने रूट सेनाले सार्वनजिक गरेकाे छ । काठमाडाैंकाे सीतापाइस्थित बाहिटी ब्यारेक र धनगढी गुल्मले समेत साे अभ्यास गर्न लागेकाे सेनाले जनाएकाे छ । नेपाली सेनाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!