२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

पुर्व युबराज पारसको छोरी कृर्तिकाले गरेको ट्वीट बन्यो भाइरल,के लेखेकी थिईन् ?

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(ABC-Sanchar)
काठमाडौं । बेलबेला विवादमा तानिरहने पूर्वयुवराज पारस शाह फेरि एकपटक फेरी चर्चामा आए। उनले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे रै छोडे।

जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए। र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए। यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ गरेको ट्वीट सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनले ट्वीट गर्दै यो विषयमा बुवा पारसको पक्ष लिदै प्रतिक्रिया दिएकी छन्। उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नुपर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]