
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको सरुवा बढुवामा आर्थिक अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयले एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा बढुवामा आर्थिक अनियमितता नभएको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीमा नियमित हुने सरुवा बढुवा जस्ता वृत्ति विकासका अवसरहरु संगठनको स्थापित सर्वमान्य विधि र पद्दतिका आधारमा निष्पक्ष, पारदर्शी र नियमसम्मत रुपमा कार्यान्वयनमा आइरहेको व्यहोरा सबैमा विनम्रतापूर्वक जानकारी गराउँदै यस्ता किसिमका अत्यन्तै मनोगत, भ्रामक, कपोलकल्पित र तथ्यहीन समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ नेपाल पुलिसबाट