
ABC (क्राईमबिट)
अर्घाखाँची । सन्धिर्खक नगरपालिकामा ११ दिनमा ४ पसल तोडफोड गरी सोमान चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ जना नावालक हुन ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार साउन ३ गते सन्धिर्खक नगरपालिका वडा नं। ११ जोगिमारे बस्ने राज कुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप लगाएतका सामान चोरी भएको थियो । 
,त्यस्तै साउन ८ गते सोही ठाउँमा बुद्धि बहादुर सेजवालको किराना पसलबाट बिभिन्न किराना सामानहरु, साउन ५ गते हिम बहादुर सेजवालको किराना पसलबाट ५० आईटमका किराना सामानहरु र १३ गते जोगिमारे घर भै हाल सन्धिखर्क नगरपालिका वडा नं १ बैंकरोडमा पसल गरी बस्ने बावुराम नेपालीको पसलबाट २ वटा पुराना ल्यापटप, २५ वटा पुराना मोबाईलहरु र १ हजार ५ सयको रिचार्ज कार्ड लगाएतका अन्य सामानहरु चोरी भएको थियो ।
उक्त चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले सन्धिर्खक नगरपालिका वडा नं। ११ बस्ने २६ वर्षिय किशन नेपाली, सोही ठाउँकै १८ वर्षिय रोसन नेपाली र अन्य ७ बर्षका १ जना, १५ बर्षका १ जना, १३ बर्षका १ जना र १२ बर्षका १ जना नावालकलाई पक्राउ गरेको छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले चोरी भएको रिचार्ज कार्डको प्रयोग भएको मोबाईल नम्बरहरु पत्ता लगाई अनुसन्धान गर्दै जाँदा पक्राउ परेका किशन र रोशनको घरबाट अन्य सामान पनि बरामद गरेको जनाएको छ।