१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पेट्रोलियम पदार्थको मूल्य दोब्बर १ लिटर पेट्रोलको मुल्य १४० रुपैया

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८

(ABC-Sanchar)
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ ।

प्रतिलिटर १२८ रुपियाँ पुगेको पेट्रोलको मूल्य कम्तीमा १४० सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल आयल निगमलाई प्राप्त पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमा कुल एक अर्ब २१ करोड रुपियाँ घाटा भएको छ । पेट्रोलमा प्रतिलिटर १० रुपियाँ, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ र एलपी ग्यासमा प्रतिलिटर ४४२ रुपियाँ घाटा भइरहेको निगमका प्रवक्ता विमितमणि उपाध्यायले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगेको छ ।

पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य छ । निगमले प्रतिलिटर ६९ रुपियाँ ८५ पैसामा पेट्रोल खरिद गरेर १२८ रुपियाँमा बिक्री गरेको छ तर पेट्रोलबाट हाल प्रतिलिटर १० रुपियाँ घाटा भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

निगमले डिजेल प्रतिलिटर ६४ रुपियाँ ६० पैसामा खरिद गरी १११ रुपियाँमा बिक्री गर्छ ।खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएका छन् । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपियाँ ५७पैसा लिइन्छ । पम्पहरूलाई कमिसन प्रतिलिटर तीन रुपियाँ ३९ पैसा पेट्रोल र प्रतिलिटर तीन रुपियाँ १२ पैसा डिजेलमा दिइन्छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ लिइन्छ ।

वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइएको छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याजलगायतका सवाल पनि यसैमा समेटिएको छ । जसका कारण दोब्बर मूल्य तिर्न उपभोक्ता बाध्य छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!