(ABC-Sanchar)
दाङ । घोराही निर्माण व्यवसायीले घोराहीमा सडक र नाला निर्माण गर्ने क्रममा काम सुरु गरि माटो तथा ढुंगा लामो समय सम्म नउठाएपछि स्थानिय प्रशासनको रोहबरमा उठाईएको छ ।
धारपानी पाण्डबेश्वरी मन्दिर व्यवस्थापन समिति सदस्य सन्जय आचार्यले प्रमुख जिल्ला अधिकारी बिकास प्रेमी रामबहादुर कुरुम्बाङ सँगको समन्वयमा व्यक्तिगत खर्च गरेर सडक छेउमा थुपारिएका माटो र ढुंगाहरु हटाएका हुन ।
आचार्य सहित प्रहरीको टोलीले भरतपुर क्याम्पस रोड, जिल्ला प्रहरी कार्यालय अगाडी र शहिद उमेश मार्गमा थुपारिएका माटोहरु हटाएको हो । निर्माण थालेको लामो समय सम्म पनि ति माटोहरु नउठाउदा आवागमनमा असहज भएको र दुर्घटनाको जोखिम समेत बढेकाले हटाईएको आचार्यको भनाई छ ।
आत्रेय पूर्णचन्द्र बस्नेत जेभी कमलामाई सिन्धुली काठमाडौले यी बाटो बनाउन ४ करोड ८१ लाख २३ हजार रुपैयाँ बजेट छ । एकै पटक धेरै ठाउँमा सडक भत्काउने र काम नगर्ने प्रबृत्तीका कारण नागरिकले सास्ती पाएका छन् ।
निर्माणको जिम्मा लिएको कम्पनीका सुजन बस्नेत प्रहरीको एक पटक सम्पर्कमा आए पनि अहिले उनि कहाँ छन भन्ने थाहा नभएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन ।
एक पटक फोन सम्पर्क भएको र छिटै काम गर्ने बताएका बस्नेत पछिल्लो समय सम्पर्कमा नआएपछि माटो हटाउन थालेको उनको भनाई छ । यता ठेक्का लगाएको शहरी विकास तथा भवन कार्यालयले भने बर्षा र कोरोनाका कारण काम हुन नसकेको भन्दै आएको छ ।