१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

कारबाही फिर्ता लिन प्रेस युनियन दाङलाई केन्द्रको निर्देशन पत्र

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८

  • m
    (ABC-Sanchar)
    दाङ । नेपाल प्रेस युनियन अनुशासन विभागले प्रेस युनियन दाङलाई कारबाही फिर्ता लिन निर्देशन दिएको छ । युनियनलाई सोझै कारबाही गर्ने अधिकार नभएको भन्दै विभागले कारबाही फिर्ता लिएर तिनै जनालाई संगठनको काममा लगाउन निर्देशन दिएको हो ।
    प्रेस युनियन दाङका सहसचिव शर्मीला डिसी, सदस्यहरु सपना बोहरा र प्रिया स्मृती गजमेरलाई नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा अन्तर्घात गरेको भन्दै साउन ९ गते कारबाही गरेको थियो । डिसी, बोहरा र गजमेरले साउन १४ गते मनोमानी ढंगले आफुहरुलाई युनियन दाङले कारबाही गरेको भन्दै विभागमा निवेदन दिएपछि विभागका संयोजक दीपक आचार्यले साउन १९ गतेको मितिमा युनियन दाङलाई पत्र लेखेर कारबाही फिर्ता लिन भनेको हो । संगठनको हितविपरित कार्य गरेको सप्रमाण फेला परेपनि बहुमत सदस्यबाट निर्णय गराई अनुशासन विभागमा कारबाहीका लागि सिफारिस गर्न पाउने प्रावधान मात्र भएको र ठाडो रुपमा कारबाही अधिकार नभएको पत्रमा उल्लेख छ ।

व्यक्तिगत स्वार्थ पुरा नहुँदा कारबाही गर्नेको शाख गिर्यो : सहसचिव डिसी
यता कारबाहीमा परेकी भनिएकी प्रेस युनियन दाङकी सहसचिव शर्मिला डिसीले आफ्नो व्यक्तिगत स्वार्थ पुरा नहुँदा हचुवाका भरमा कारबाही गर्नेको शाख गिरेको प्रतिकृया दिनुभएको छ । युनियनको विधान समेत नपढेका केहि २/४ जनाले हचुवाका भरमा कारबाही गरेपनि अनुशासन विभागले आफुहरुलाई न्याय दिएको डिसीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!