१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बर्दिया प्रहरीले भन्सार छली ल्याएको १ लाख बराबरको सामानसहित २ जना महिला पक्राउ

Logo
प्रकाशित बुधबार, साउन २०, २०७८

(सागर थापा)
बर्दिया । भारतबाट भन्सार छली गरि ल्याएको सामानसहित २ जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं. ६ बस्ने शारदा थारु र दिपा थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभयो ।

उनीहरुसँग आएकी एक महिला भने सामान छाडेर भागेकी छन् । उनीहरुले साइकलमा किराना, सुर्तिजन्य तथा बिद्युतीय सामाग्रीहरु भारतबाट भन्सार छली गरि ल्याउदै गरेको समयमा प्रहरी चौकी कालिकाबाट खटिएको गस्ती टोलीले बढैयाताल गाउँपालिका वडा नं.७ पुरानो कण्ठपुरबाट पक्राउ गरेको हो । सामान करिब ८१ हजार ४८० रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको प्रहरी टोलीले पनि बर्दियाको मधुबन नगरपालिका वडा नं. ५ गाउँ स्थित खानेपानी भवनको कम्पाउण्डमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अबस्थामा राखिएका अन्दाजी मुल्य १८ हजार १४५ मुल्य बराबरको चिनि तथा किराना सामान बरामद गरेको छ । उक्त बरामद सामान र पक्राउ परेका महिलालाई आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको एसपी कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!