
(सागर थापा)
कोहलपुर । बाँके राप्ती सोनारी गाउँपालिका २ माथेवास बस्ने गोकुला खत्रीको छोरी अबिवाहित बर्ष २५ की भिमा खत्रीलाई अपरिचित पुरुष ब्यक्तीले नं. नखुलेको मोटरसाइकलमा बसाली लिएको भनी ऐ. ११:४५ बजेको समयमा जानकारी भए पश्चात प्रहरी चौकी अगैयाको सि.सि.टि.भी. हेर्दा निज महिलाले सेतो भेष्ट,अलादिन हाप पाईन्ट लगाएकी मोटरसाइकलमा घाँस सहित चढेको अवस्थामा ऐ. ५:३८ बजेको समयमा अगैया बाट पुर्ब तर्फ क्रस भएको देखिएकोले तत्काल इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालको कमान्डमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ऐ.२० गते ११;०० बजेको समयमा बाँकेको राप्ति सोनारी गाउँपालिका १ गाभर स्थितमा सकुसल फेला पारी आवश्यक अनुसन्धान भईरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।