१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

घुस नलिने इन्स्पेक्टरसहित ३६ जना ट्राफिक प्रहरी सम्मानित

Logo
प्रकाशित शुक्रबार, साउन २२, २०७८

(ABC-Sanchar)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमकाबीच पुरस्कृत एवं सम्मान गरेको छ।

सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको थियो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले गरेको छ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एवं निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवं सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे।

उनले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पुर्‍याउन बफादार एवं निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए।

नगद पुरस्कृत सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर खड्कासहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन्।

यसैगरी प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापति, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, शम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बिक, प्रकाश थापा, प्रज्ञान के।सी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ। नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!