१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बर्दिया प्रहरीले ब्राउनसुगर र मोटरसाइकलसहित ४ पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८


(महेन्द्र सिंह)
बर्दिया । लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय लागु औषध सेवन कर्ता र लागु औषधको कारोबार गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्न सफल भएको छ । दुई दिनमा चार जनालाई लागु औषधसहित प्रहरीले पक्राउ गर्न सफल भएको बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

गुलरिया नगरपालिका–६ निलो पेट्रोल पम्प स्थित सडक बाटोबाट दुईजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । गुलरिया नगरपालिका–७ बस्ने २२ वर्षिय अर्जुन सुनार र वडा नम्बर ४ बस्ने २१ वर्षिय सन्तोष भट्टराईलाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैको साथबाट ९ सय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
दुवै जना सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध फेला परेको हो ।
त्यसैगरी गुलरिया नगरपालिका–८ भादापुल स्थित गुलरियाबाट नेपालगंज तर्फ जादै गरेको अवस्थामा शुक्रबार थप दुई जनालाई प्रहरीले लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

राजापुर नगरपालिका–१ झबही गाउँ बस्ने ३२ वर्षिय सुनिल शाहले चालाएको सु.प.प्र.०१–००९ प ९६४३ नम्बरको मोटरसाईकल शंकास्पद रुपमा आएकोले प्रहरीले रोकी खानतलासी गर्दा मोटरसाईकलमा पछाडि बसेका गेरुवा गाउँपालिका–५ पशुपतिनगर कटेसपुर बस्ने सुशिल चौधरीको साथबाट ब्राउन सुगर फेला परेको हो ।
चौधरीले पाईन्टमा लुकाई छिपाई राखेको ब्राउन सुगर निकाली झाडीमा फाल्न खोज्दा दायाँ हातको मुठीबाट प्रहरीले फेला पारेको हो । ३ ग्राम ६ सय ७० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेका हो । मोटरसाईकल चालक शाहको खोजीबाट ३५ हजार ५ सय रुपिया र मोटरसाईकलको बिलबुक फेला परेको हो ।

लागु औषध नियन्त्रण ब्यरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले चारै जनालाई पक्राउ गर्न सफल भएको हो । चारै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

error: Content is protected !!