१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पोखरामा विमानस्थल बन्यो,अब प्याराग्लाइडिङको चिन्ता?

Logo
प्रकाशित बुधबार, साउन २७, २०७८

(ABC-Sanchar)
पोखरा । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ। पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ।

पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा प¥यो। सायद महिनौँदेखि घरमै थुनिएर बस्नु परेका नेपालीहरु बन्दाबन्दी खकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्लाराग्लाइडिङ नै रोजेका थिए। पोखराको पर्यटनलाई चलायमान बनाउन पनि यसले निकै सहयोग पु¥यायो। कम्पनीले ५० देखि ६० प्रतिशत छुटसहित दैनिक पाँच सयदेखि सात सय उडानले पोखराको आकाशलाई रङ्गीन बनाएको थियो भने आन्तरिक पर्यटक बढ्दा व्यवसायीमा पनि बन्दपछिको अवस्थामा केही आशा पलाएको थियो।

यतिबेला पोखराको पर्यटन फेरि कोरोना भाइरसको नयाँ प्रजातिका कारण क्षेत्र ठप्प छ। पर्यटन व्यवसायीहरु सहज खोप र पर्यटनमैत्री नीति ल्याएर यस क्षेत्रका व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्। यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा यस क्षेत्रका प्याराग्लाइडिङ व्यवसायीहरु व्यवसायको भविष्य खोज्दै निरन्तरताको खोजीमा जुटेका छन्।

सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो । अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ । निकट भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ।

यसैबीच हवाई खेलकुद संस्थाको टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापनसमक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरु राखेको छ। संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “केही प्राविधिक कुराहरु देखाइएको छ तर उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव छैन, सिङ्गापुरमा प्रत्येक सेकेन्डमा हवाई उडान सम्भव छ भने यहाँ यी कुराहरु व्यवस्थापन गर्न असम्भव छैन ।” उहाँले नेपालकै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमध्ये एक नम्बरमा रहे पनि कुशल व्यवस्थापनका कारण सुरक्षाको प्रत्याभूतका साथ सञ्चालन भइरहेको उदाहरण दिनुभयो । “नागरिक उड्डयन प्राधिकरणले पनि कुशल व्यवस्थपनमा जोड दिन सके विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्दैन”, भण्डारीले भन्नुुभयो ।

विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा अब हुने ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापनसमक्ष माग गरेको बताउनुभयो ।

संस्थाका महासचिव बलराम आचार्यले पोखरामा प्याराग्लाइडिङ उडान प्राविधिक हिसाबले समस्या देखिएको हो भने अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर सोही मोडेलअनुरुप निरन्तरता दिन सकिने बताउनुहुन्छ । “समस्याहरु होलान् तर समाधान हुनै नसक्ने समस्या देखिँदैन, मात्र विज्ञले ‘सेफ जोन’ बनाएर नीतिनियमको कडाइका साथ पालन गर्ने हो भने विमानस्थलसँगै प्याराग्लाइडिङ पनि उडान गर्न सकिन्छ”, आचार्यले भन्नुभयो ।
पर्यटकीय गतिविधिको एउटा उत्पादन प्याराग्लाइडिङ पनि भएकाले यसलाई यहाँबाट विस्थापित गर्दा पर्यटकीय आकर्षण कमी आउन सक्ने अनुमान उहाँको छ । उहाँले २०७६ साल भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार पाराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको र त्यसले क्षेत्रीय विमानस्थल सञ्चालनमा आएपश्चात् आउने अवस्थाका बारेमा जानकारी गराएको बताउनुभयो । कार्यदलले प्याराग्लाइडिङबारे बुझाएको प्रतिवेदनमा दुई विकल्प उल्लेख छ । पहिलो विकल्पमा साबिकको क्षेत्रबाट सेवा सञ्चालन गर्नका लागि केही सर्त अघि सारेको छ जसमा आधुनिक प्रविधिको प्रयोग गर्दै वा अन्य कुनै व्यवस्थापकीय माध्यम अपनाई यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ अपरेशन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका देशले अवलम्बन गरेका नमूनास्वरुप गर्न सुझाएको छ । प्याराग्लाइडिङ अपरेशनका लागि दुई घण्टा समय तोक्ने, ‘प्याराग्लाइडिङ जोन’को अधिकतम उचाइलाई कडाइका साथ पालन गरेर एटीसी टावरमा अत्याधुनिक प्रविधिबाट निगरानीे गर्ने र कन्ट्रोल गर्न सकिने प्रतिवेदनको सुझाव दिएको छ ।

त्यसैगरी दोस्रो विकल्पका रुपमा कार्यदलले साबिक क्षेत्रभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ । हाल सञ्चालनमा आइरहेको सराङकोट, तोरीपानी, मान्द्रेढुङ्गा क्षेत्रबाहेकका क्षेत्रहरुबाट प्याराग्लाइडिङ सञ्चालन गराउनु पर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयरस्पेसभन्दा बाहिर पर्ने तर पोखरा उपत्यका आपासका क्षेत्रहरु पञ्चासे, माछापुच्छ्र«े गाउँपालिका लगायतका क्षेत्रहरुबाट सञ्चालन गराउनसक्ने जनाएको छ ।

विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले अन्तर्राष्ट्रिय उडान र अवतरणमा सराङकोट क्षेत्र प्रयोग नहुने भए पनि अवतरण हुन नसकेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!