(महेन्द्र सिंह)
बाँके । डुडुवा गाउँपालिका–६ मोहनपूर्वास्थित छब्बन खानको जमिनमा रहेको झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीको टोलीले करिव एक लाख ९६ हजार ५ सय ६० रुपैयाँ बराबरको काठ बरामद गरेको हो ।
बरामद गरिएको काठ थप कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।