१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

प्रेस काउन्सिल नेपालले मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

Logo
प्रकाशित शनिबार, साउन ३०, २०७८


(ABC-Sanchar)
काठमाडौं । प्रेस काउन्सिल नेपालले एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो ।

यस सम्बन्धमा हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय भएको थियो । विधिवत्रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी/गुनासाहरू आउने गरेको सूचनामा उल्लेख छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था रहेको छ । पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ । प्रेस काउन्सिलबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!