१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पुरानो फाइल खोल्दै सिआईवी प्रमुख डिआईजी सिंह,१६ वर्ष अघिको कलंकी हत्याकाण्डको अनुसन्धान गर्ने

Logo
प्रकाशित शनिबार, साउन ३०, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । डिआईजी धिरजप्रताप सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को प्रमुख बनेसँगै वर्षौंदेखि किनारा लाग्न नसकेका घटनाहरुको पहिचान गर्दै त्यसलाई टुंगोमा पुर्याउन क्रियाशिल भएर लागेका छन् । बुधबार सिआईबीको टोलीले १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेसँगै डिआईजी सिंह पुराना फाइल केलाउन लागेको पुष्टि हुन्छ ।

प्रदेश २ को नेतृत्वमा रहँदा सफलता हात पारेका डिआईजी सिंह अहिले सिआईबीमा बसेर गम्भिर अपराधका फाइलहरु केलाइरहेका छन् । सिआईबीमा लामो समयदेखि थन्किएर बसेका पुरानो फाइल खोतल्दै जाँदा काभ्रेपलाञ्चोक फुलबारी घर भई कलंकी बस्दै आएकी २८ वर्षीय भगवती लामा अधिकारी हत्याको फाइल फेला पारेपछि डिआइजी सिंहले तत्कालै त्यसको अनुसन्धानमा मातहतका युनिटलाई खटाएका थिए । जसले गर्दा उनले चालेको कदम सफल पनि हुन पुग्यो । अनलाईन नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!