१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

अपराधका पूराना फाईल खोल्ने जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता : दाङ एसपी काफ्ले

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अपराधका नयाँ घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय दाङमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ कार्य कक्षमा एबिसी संचारकर्मी हरुसंगको कुराकानीमा एसपी काफ्लेले नयाँ अपराध मात्र नभई यस अघि रहेका  “पेन्दिङ्ग केसहरु पनि उत्तिकै प्राथमिकता दिने बताए । यसको साथै जिल्लामा बिभिन्न अपराध गरि अदालतले सजाय तोकिएका फरार अपराधीहरु पनि लिष्टमा रहेको बताए । यस अघि लामो समय प्रहरी प्रधान कार्यालय काठमाडौमा काम गरेको अनुभव रहेको बताए ।
अवैध कारोबार र जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको एसपी काफ्लेले बताए । दाङको बसाईमा गर्नु पर्ने कामको कार्ययोजना नै बनाएर आएको बताए । “ऐन नियमको परिधिभित्र रहि प्रहरी मूख्यालयले तोकेको कार्ययोजना अनुसार काम गर्नेछु । काफ्लेले भने । यसका साथै कार्यालयमा सेवाग्रहीहरु एक्लै आएर पनि सेवा लिन सक्ने वातावरण तयार गर्ने उनले बताए ।
प्रहरी कहा आउने पिडित कुनै बिचौलियाको भर नपरी आफ्नो पिडा प्रहरीलाई निर्धक्क राख्न सक्ने वातावरण बनाउने र प्रहरी मेरो साथी भएको महशुश गराउने गरि काम गर्ने एसपी काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!