१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गर्‍यो

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगञ्ज६ फुलटेक्रास्थित प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण आज सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्व एंव जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख आथित्यतामा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको हो ।

भवन तथा शौचालय निर्माणको प्रगति, निर्माणको क्रममा आइ परेका समस्या तथा आर्थिक विवरण बारे वि. व्य. स. सदस्य ओम प्रकाश श्रीवास्तवले प्रकाश पार्नुभएको थियो ।

निर्माण सम्बन्धि प्रगति, निर्माणको क्रममा आई परेका समस्या तथा आर्थिक विवरण बारे वि. व्य. स. सदस्य ओम प्रकाश श्रीवास्तवले प्रकाश पारेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै अजय कुमार श्रीवास्तवले स्थानिय नगरपालिकाले प्रस्ताव गरेमा यस विद्यालयलाई सक्दो सहयोग प्रदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।

बांकेको स्थानिय निजी गुठी श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारी विशेष रुपले जग्गादाता माधवराम वर्मा, ओम प्रकाश श्रीवास्तव बिच करिब दुई वर्ष देखिको सकारात्मक वार्ताको परिणामस्वरुप केही शर्त सहित करिब सात करोड मूल्य बराबरको जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएको जानकारी कार्यक्रममा दिइयो ।

तत्कालीन बिनौना गाउँबासी स्वर्गीय लौघर महतोद्धारा फुल्टेक्रा गाउंमा रहेको दुई कोठे भवन विद्यालयलाई प्रदान गरि संवत २०११ सालमा कक्षा ८ सम्मको फुल्टेक्रा मिडिल स्कूलको नामले विद्यालयको स्थापना भएको जानकारी पनि गराइएको थियो ।

जग्गा प्राप्ति पछि कम्तीमा पनि १७ कोठाको नयां भवन, शौचालय, निर्माणस्थलको जग्गा अत्यन्त खाल्टोमा रहेकोले माटो पटान तथा बाउण्ड्री वालको लागि दाताको खोजी गर्ने क्रममा नेपालगन्ज उमपहानगरपालिका शिक्षा, युवा तथा खेलकूद विकास महाशाखा एवं श्री युनेस्को बांकेलाई अनुरोध गरिएको थियो ।

सोही अनृुसार पालिकाले चारकोठे भवन दुई र शौचालय दुईको लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । भवन निर्माणका लािग ३६ लाख तथा शौचालय निर्माणका लागि ७ लाख दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीवास्तवले बताउनुभयो ।

भवन निर्माणकार्यको लागि स्टीमेटमा नभएको तर निर्माणको क्रममा नभै नहुने कार्य जस्तै पानीको व्यवस्थापन, विद्युत, पाईप, निर्माण स्थलमा निर्माणको काम आरम्भ गर्दा माटो पटान आदिमा लाग्ने खर्च विद्यालयले आफैले वेहोरेको पनि उहाँको भनाइ छ ।

उक्त कार्यक्रममा जग्गादाता माधमराम वर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जग्गा दाता संस्थाका अध्यक्ष माधबराम वर्मा, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली बहादुर खडका, नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डांगी, नेपालगञ्ज उपमहानगरपालिकाका प्राविधिक प्रमुक भुपेन्द्र बोहरा, इन्जिनियर चन्दन दास, सहायक इन्जिनियर शुभम वैश्य, विद्यालयका पदाधिकारी र स्थानीय हरुको उपस्थिति रहेको थियो । विद्यालयको प्रेस विज्ञपति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!