१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

शसस्त्र प्रहरी बल बिरगंजको मिलोमतोमा मध्य रातमा खुलेआम तस्करी इन्स्पेक्टर बम किन गुपचुप?

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८


ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वा बाट रातीमा सशस्त्र प्रहरी को अगाडि बाट नई खुलियाम तस्करी भइरहेको एक जनाले भिडियो सहित जानकारी गराएकोछ।

कोरोना भाईरस को कारणले नेपाल सरकारले सीमाना बंद सहित सिमानामा कडाइ गरिएतापनि तस्करहरुले प्रहरीलाई मिलाइजुलाई पैसा खुवाई लाइन लिई एकदमै अवैद्य तरिकाले तस्करी गरिरहेका छन्।

शसस्त्र प्रहरी बल वीरगञ्जको इन्स्पेक्टर सुवर्ण बम लाइ चार दिनदेखि फोन गर्दा गर्दै तर पनि उहाले सुन्नुभएन तस्करीको बारेमा ध्यान नदिनु भएको कारणले वीरगञ्ज इनर्वा बाट खुलियाम तस्करी भइरहेको छ। साथै सिमानामा दिनरात २४ घन्टा जिल्ला प्रहरी कार्यालय पर्साको टाइगर टोलीहरुले पैसा खाएर तस्करहरु लाई लाईन दिनेकाम गरिरहेका छन्।

अहिलेको अवस्थामा सिमानामा प्रदेश नं २ का डिआईजी को घुमुवा टोली सहित जिल्ला प्रहरी कार्यालय पर्सा का घुमुवा टोलीहरुले रातदिन सीमानामा घुम्दा घुम्दै तर अहिले सम्म पनि तस्करी रोकिएका छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!