१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दाङमा गाईको बाच्छालाई आक्रमण गर्न आएको चितुवाको उद्दार

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैया स्थित गौशालामा पसेको चितुवालाई उद्दार गरिएको छ । शनिवार बिहान तीन बजेतिर गाईको बाच्छालाई आक्रमण गर्दै गरेको समयमा मन्दिरका पुजारीले होहल्ला गरेपछी भाग्ने क्रममा खाना पकाउने भान्सा कोठामा चितुवा छिरेको थियो ।

चारैतिर काँडेतार र पक्की पर्खाल लगाएको कारण झुक्किएर भाग्दा पुजारीले खाना बनाउने भान्सा कोठामा छिरेको थियो । उक्त चितुवालाई पुजारीले भगाउन धेरै प्रयास गरे तर उसले अटेरी गरेर सोही भान्सा कोठामा बसि रह्यो । चितुवा भाग्ने छाँटकाँट नदेखेपछी पुजारीले ढोकाको चुकुल लगाएर वनका अध्यक्षलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

भान्सा कोठा भित्र थुनेर राखेको पोथी चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, संरक्षण कार्यक्रमका पशु चिकित्सक सहित प्राबिधिक टोलीले उद्दार गरि बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्टको क्षेत्रमा छोडिएको छ। पछिल्लो समय लमही आसपासका सामुदायिक वन क्षेत्रमा चितुवाले आतंक मच्चाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!