१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

स्वतन्त्र बनाउन नेपालको ठुलो भुमिका जरुरी छ मञ्जरे ईस्लाम´

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८

(समीर अली बेहना)
बाँके । भारतीय स्वतन्त्रता दिवसको अवसरमा मरकजे अहले सुन्नत दरगाहे आला हजरतद्वारा स्थापना गरिएको जामिया मञ्जरे ईस्लाम बरेली शरीफद्वारा सुभकामना सहितको ध्वजा फहराउने कार्यक्रम सम्पन्न गरिएको छ । जामिया मञ्जरे ईस्लाम एउटा शैक्षिक संस्था रहेकोले यस विद्यालयमा नेपालबाट समेत विद्यार्थीहरु अध्ययन गर्न विद्यालयमा भर्ना लिने गरेको छन् । मञ्जरे ईस्लाम बरेली शरीफद्वारा आयोजना गरिएको स्वतन्त्रता दिवसको कार्यक्रममा नेपालको अछुतो र अनौठो योगदानलाई बिर्सन नसक्ने बताइएको छ ।

आइतबार गरिएको स्वतन्त्रता दिवस कार्यक्रममा दरगाहे आला हजरतका प्रवक्ता मुफ्ती सलीम नुरीले भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालले भारतलाई स्वतन्त्र बनाउन ठुलो भुमिका खेलेको जिकिर गर्नु भयो । उहाँ भन्नु भयो , नेपाल मध्य एसियाको एउटा त्यस्तो देश हो जसलाई ब्रीटिस सरकारले कहिले गुलाम बनाउन सकेन । भारतमा ब्रीटिस शासनको अवधी भारतीय नागरिकहरु माथी भैरहेको अत्याचारको बेला भारतीय स्वतन्त्रता सेनानीहरुलाई नेपालले जोगाएको थियो । अत्याचारको त्यो समय अवधिमा छिमेकी राष्ट्र नेपालले धेरै सहयोग गर्दै आएको थियो । त्यस्तो दु:खद परिस्थितिमा समेत भारतीय नागरिकहरुलाई विभिन्न सेवा सुबिधाहरु नेपालले उपलब्ध गरी मानवता देखाउँदै एउटा असल छिमेकी भएको अनुभुती गराएको थियो । नेपाली इतिहासकारहरुले विभिन्न किताबहरुमा उल्लेख गरेको कुरा समेत उहाँले आफ्नो मन्तव्य र प्रेस बिज्ञाप्तीमा जिकिर गर्नु भएको छ । जामिया मञ्जरे ईस्लामद्वारा जारी गरिएको प्रेस विज्ञाप्तीमा नेपालले भारतलाई स्वतन्त्र बनाउन सेना सहितको सहयोग गरेको उल्लेख गरिएको छ । नुरीको अनुसार भारतमा जारी स्वतन्त्रता संघर्षको त्यो समय अवधिमा भारतीय नागरिकहरुले आफूलाई सुरक्षीत राख्न नेपालमा शरण लिएका थिए । भारत स्वतन्त्र भएपछि नागरिकहरु स्वदेश फिर्ता भएपनि नेपालको त्यो सहयोग भारतीय नागरिकहरुले कहिले बिर्सन नसक्ने उहाँले बताउनु भयो । नेपाल र भारतको राजनीतिक र धार्मिक दुबै सम्बन्ध असल रहेकोले दुबै देशका नागरिकहरु बीच संधै भाईचारा कायम रहयो । १५ अगस्टको दिन भारतमा मनाइने स्वतन्त्रता दिवसको अवसरमा भारतीय र नेपाली नागरिक दुबैलाई जामिया मञ्जरे ईस्लामद्वारा शुभकामना व्यक्त गरिएको छ । यो दिन भारतले ब्रीटिस शासन अन्त्य गरेको खुशीमा मनाउने गरेको छ । ब्यापार गर्न प्रवेश गरेको ब्रीटिसहरुले २ सय वर्षसम्म भारतमा शासन गरेपछि । मौलाना बिस्मिल अजिमाबादीले दिएको मुल नारा ` सर्फरोसी कि तमन्ना अब हमारे दिल मे है , देख्न है जोर कित्न बाजु-ए कातिल मे है´ लाई आधार बनाइ महात्मा गाँधी, सुभाष चन्द्र बोश, मौलाना फज्ले हक खैराबादी, नेहरु , मौलाना किफायत अली मुरादाबादी, मौलाना रजा अली खाँ बरैली लगायत अन्य सेनानीहरुले स्वतन्त्रताको आवाज उठाएका थिए । विश्व जगतमा महात्मा गाँधीले स्वतन्त्रताको अभियान चलाएको भन्ने कुरा जागजाहेर भएपनि इतिहासकारहरुले महात्मा गाँधी भन्दा पहिला पनि आवाज उठाउने सेनानीहरुको नाम उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!