
ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी प्रहरी कार्यालय दाङले करिब ३ लाख बराबरका ९ वटा खसी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका १ बनबारे बस्ने ५३ वर्षीय भोजमान बुढामगर र सोही ठाउँका २४ वर्षीय विजय बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताएका छन । उनीहरूलाई आइतबार दिउँसो करिब साढे ३ बजेतिर कोइलाबासबाट गढवातर्फ ल्याउँदै गरेका करिब २ लाख ७० हजार मूल्य बराबरका ९ वटा खसी सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गढवा गाउँपालिका ६ स्थित भन्सार छली पैठारी गरी खसी बाख्रा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधार जिल्ला प्रहरी दाङ र इलाका प्रहरी कार्यालय गढवाबाट गएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको । साथै, उनीहरु माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी रिजालले जानकारी दिनुभएको छ ।