१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

वडा प्रहरी नेपालगन्जले चोरीको मोटरसाइकल फेलापारी धनीलाई हस्तान्तरण

Logo
प्रकाशित बुधबार, भाद्र ०२, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज ६ फुलटेक्राका निवासी फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपाल बैंक अगाडी पार्किङ गरेको अबस्थामा चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिनु भएको थियो ।

उजुरीपछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास गर्दा नापि कार्यालय नजिकै गएको २९ गते साँझ वेवारिसे अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालयका नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।
उक्त मोटरसाइकल सम्बन्धित धनि फन्दु थारुलाई बुझाईएको वडा प्र!प्रमुख खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!