१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कोहलपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहहरु रङ्गेहात पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०३, २०७८


ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले मोटर साईकल चोरी गर्ने गिरोहलाई रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.११ बस्ने वर्ष १८ को अनुप चन्द ,सोहि ठाउँ बस्ने बर्ष २० को सुन्दर मल्ल र वर्ष १८ को अम्मर बि.क रहेको डिएसपि खनालले बताए ।
दिउँसोको समयमा ईलाका प्रहरि कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले कोहलपुर नगरपालिका वडा नं ११ स्थित बसपार्कको पुर्व तर्फको सडकमा निम्न व्यक्तिहरुले चोरी गरी लिदै गरेको भे ३ प ६००४ नं को डिस्कभर कालो निलो रंगको मोटरसाईकल थान १. NS मोटरसाइकलको निलो रंगको हेड लाईट थान १,पल्सर मोटर साईकलको निलो रंगको ट्याङकी कभर थान १ र मोटर साईकलको पाट पुजाहरु खोल्न प्रयोग गरीने स्क्रु ड्राईभर थान १,रेन्ची १.मो.सा.स्टिकर थान ७,मोबाईल थान ३,नाईट्राभ्याट १३ चक्की सहित फेला पारी ,उक्त गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपि रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।
निजहरुको साथ बाट फेला परेको भे ३ प ६००४ नं को डिश्कभर मोटर साईकल सम्बन्धित मोटरसाइकल धनीले खोज तलास गरी पाउ भनी दिएको निबेदनको आधारमा प्रहरिले अनुसन्धान अघि बढाएको डिएसपी खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!