ABC (क्राईमबिट)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालु आर्थिक बर्ष २०७८/०७९ को पहिलो महिना साउनमा मात्र ३ हजार १ सय ५० सवारी साधन कारबाहीमा परेका छन भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार सवारी साधन कारबाहीबाट एक महिनामा २० लाख २७ हजार राजश्व संकलन भएको जानकारी दिनु भएको छ ।
ट्राफिक नियम उल्लघन गर्नेमा सबैभन्दा बढी मोटरसाईकल चालक रहेका छन । तथ्याङ्क हेर्दा साउन महिनामा १ हजार ५ वटा मोटरसाइकललाई कारवाही गर्दा ६ लाख ६९ हजार ५ सय रुपैया राजश्व सकंलन भएको छ ।
९ सय २० वटा ट्रक चालकलाई कारवाही गर्दा ६ लाख २० हजार
५ सय,३ सय २० वटा बसलाई कारवाही गर्दा १ लाख ८१ हजार,४ सय १० वटा जिप र कारलाई कारवाही गर्दा २ लाख ४३ हजार ५ सय,२ सय ६३ ट्याक्टरलाई कारवाही गर्दा १ लाख ६७ हजार र २ सय ३२ अटोलाई कारवाही गर्दा १ लाख ३५ हजार ५ सय रुपैया राजश्व सकंलन भएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभयो ।
अधिल्लो आर्थिक बर्ष ०७७/०७८ मा ट्राफिक प्रहरी कार्यालय दाङले सवारी नियम उल्लघन गर्ने ५६ हजार ३ सय ८२ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३८ लाख ५३ हजार ५ सय रुपैया राजश्व संकलन गरेको थियो ।
जसमध्ये १८ हजार ३ सय ७६ वटा मोटरसाइकललाई कारवाही गर्दा १२ लाख ८९ हजार राजश्व सकंलन भएको थियो । ट्राफिक प्रमुख जिसीका अनुसार यसमध्ये पनि गत वर्ष साउन महिनामा मात्र १ सय ६ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । त्यसबाट १० हजार ६ सय राजश्व संकलन भएको थियो ।
तर गत वर्षको साउन महिनाको तुलनामा यस वर्ष कार्यालयमा राजश्व दोब्बरले बढेको छ । उहाँले गतवर्ष लकडाउनका कारण कम सवारी चल्दा राजश्व संकलनमा कमी आएको बताउनुभयो । तर अहिले लकडाउन खुकुलो भएसगै सडकमा पनि सवारीको चाप बढ्दै गएको र चालकहरुले ट्राफिक नियमको पालना नगर्नाले पछिल्लो समय धेरै संख्यामा सवारी कार्वाहीमा परेको बताए ।
मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरित चलाएका लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही अधि बढाेएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।