१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

तनहुँमा स्वास्थ्यकर्मीहरु नहुँदा कैदीबन्दीहरुलाई उपचारमा समस्या

Logo
प्रकाशित शनिबार, भाद्र ०५, २०७८


(ABC-Sanchar)
काठमाडौं । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) झण्डै दुई वर्ष अघिदेखि नै कारागारमा छैनन् । कारागार जस्तो संवेदनशिल ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पतालहरुमा लैजानु पर्ने बाध्यता रहेको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको सुवेदी बताउनुहुन्छ । ‘‘पदपूर्तिको लागि ठाउँमा कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेको छु् तर सुनुवाई भएको छैन’’ जेलर सुवेदीले भन्नुभयो ।
कैदीबन्दीसँग भेटघाट बन्द
यसैबीच, कोरोना सङक्रमित सङ्ख्या बढ्दै गएकोले तनहुँ कारागारद्धारा कैदीबन्दीहरुलाई आफन्तसँगको भेटघाट बन्द गरिएको छ ।
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । बाहिरबाट परिवार वा आफन्तजन आएर कैदीबन्दीलाई भेट्दा सङक्रमण सर्ने खतरा रहेकाले भेटघाटलाई बन्द गरिएको उहाँले बताउनुभयो । कारागारमा २८३ जना कैदीबन्दी रहेको अधिकांश कैदीबन्दीले कोरोना विरुद्धको खोप लगाइसकेको कारागारले जनाएको छ । कारागारका अनुसार ८८ जना मात्रै खोप लगाउन बाँकी रहेको छ ।
तनहुँ अदालतले पुर्पक्षमा पठाएका नयाँ बन्दीहरुलाई शुरुमा १० दिनसम्म आइसोलेसनमा राखिने र कुनै लक्षण नदेखिएकाहरुलाई अरुसँगै राख्ने गरिएको छ । महिला बन्दीको नाममा निर्माण गरिएको भवन समेत अहिले पुरुष बन्दीहरुको लागि प्रयोग हुँदै आएको छ । तनहुँ कारागारले तत्कालै महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदा पोखरा वा लमजुङ पठाउनुपर्ने अवस्था रहेको छ ।
आइसोलन कक्ष निर्माण
कारोना भाइरसको सङ्क्रण फैलन नदिन तनहुँ कारागारमा १५ शैयाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । यस्तै, कारागार प्रशासनले नयाँ भवनको दुई कोठालाई क्वारेन्टिन निर्माण गरेको छ । दैनिक नयाँ कैदीबन्दी थपिदै जान थालेपछि सुरक्षालाई मध्यनजर गर्दै क्वारेन्टिन निर्माण जेलर ऋषीराम सुवेदीले बताउनु भयो । नयाँ आएका कैदीबन्दीलाई १४ दिन राखेर मात्रै प्रवेश गराउन थालिएको कारारागले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!