
(ABC-Sanchar)
दाङ । तत्कालीन नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपालको नया राजनीतिक दल नेकपा (एकीकृत समाजबादी ) पार्टीको युवा संघ दाङको बिस्तारित बैठक आज घोराहिमा सम्पन्न भएको छ।स्थानिय नेताहरुको सहभागीता सहित भव्यरुपमा कार्यक्रम समपन्न भएको (एकीकृत समाजबादी ) पार्टीको महिला नेतृ निर्मला बिकले जानकारी दिनुभएको छ।
युवा संघ अध्यक्ष प्रेम बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकीकृत समाजबादी पार्टीका केन्द्रिय नेता भागवत बिस्वासिको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
दाङ जिल्लाका स्थानीय नेताहरुको बिशिस्ट अतिथिमा र युवाहरुको उत्साहजनक सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ।