१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सञ्चारकर्मीलाई प्रहरीले नै लागुऔषधसहित राखेर फसाएको भिडियो सार्वजनिक पत्रकार महासंघ रौतहटको आरोप

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८

ABC (क्राईमबिट)
रौतहट । नेपाल पत्रकार महासघ रौतहटले लागूऔषध नाइट्रोभेटसहित पक्राउ परेका रौतहटका सञ्चारकर्मी मोजीबुल्लाहलाइ प्रहरीले नै फसाएको आरोप लगाएको छ ।

प्रहरिकै उच्च अधिकारीको निर्देशनमा सादा पोसाकका घुमुवाहरूले सञ्चारकर्मी मोजीबुल्लाहलाई फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले तत्काल रिहाइ तथा दोषीलाई कारबाही गर्न माग गरेको छ ।

केही घुमुवा तथा अन्य व्यक्तिहरूले पत्रकार मोजीबुल्लाहले प्रयोग गर्ने मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि पत्रकार मोजीबुल्लाह निर्दोष रहेको प्रमाणित भएको महासंघले दाबी गरेको छ ।

सार्वजनिक भएको भिडियो फुटेजमा गौरमा रहेको ग्रिन सिग्नल होटेल अगाडि सडक पेटिमा खडा गरी राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुन्डाइरहेको देखिएको छ । भिडियो फुटेजमा सादा पोसाकका केही घुमुवा प्रहरीहरू उदय यादव र मनोज साहको पहिचान खुलेको हो । उनीहरूसंगै रहेका अन्य घुमुवा प्रहरीहरूको पहिचान खुलेको छैन ।

साँझ करिब ७ बजेको समयमा ती सादा पोसाकका घुमुवा प्रहरीहरूसंगै दुई जना युवकहरू नाटकीय शैलीमा केही सामानहरू पत्रकार मोजीबुल्लाहको मोटरसाइकलमा झुन्डाइरहेको देखिएको छ । सेतो हेलमेट लगाई स्प्लेन्डर प्लस मोटरसाइकलमा आएका ती दुई जना युवाहरूले सामान झुन्डाउनु भन्दा अगाडि र झुन्डाइसकेपछि त्यही रहेका घुमुवासँग कुराकानी गरिरहेको देखिएको छ । पत्रकार मोजीबुल्लाहलाई सो होटेलका सञ्चालकले नै खानपिन गर्न बोलाएका थिए ।

पत्रकार मोजबुल्लाहलाई श्रावण ३२ गते बेलुका करिब ८ बजे प्रहरीले लागूऔषध नाइट्रोभेट सहित अदालत अगाडीबाट पक्राउ गरेको थियो । भिडियो फुटेज सार्वजनिक भएपछि घटनामा प्रहरीको भूमिका प्रष्ट भएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि भिडियोमा देखिएको भनिएको धिरज यादव र जितेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । धिरजलाई शुक्रवार बेलुका गौरबाट पक्राउ गरिएको हो भन्ने जितेश यादवलाई शनिवार बिहानै उनको सर्लाहीस्थित घरबाट पक्राउ गरिएको हो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले पक्राउ परेका पत्रकार मोजीबुल्लाह निर्दोष रहेको दाबी गर्दै तत्काल रिहा गर्न र यस घटनामा पत्रकारलाई फसाउने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले घटनाबाट नेपाल प्रहरीको साखमा गम्भीर धक्का पुगेको भन्दै प्रहरीको व्यावसायिकतालाई गिज्याउने घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।
यात्रा डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!