१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

काठमाडौँ उपत्यकामा फोहर उठ्न सकेन महानगरपालिकाको कमजोरीले फ़ोहोर हुँदै

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८


(ABC-Sanchar)
काठमाडौँ । काठ‍माडौं उपत्यकामा दैनिक सात सय टन फोहर निस्किन्छ । तर फोहर सङ्कलन नभएको दुई साता भयो । फोहोरको उचित व्यवस्थापनमा महानगरको कमजोरीले एकातिर सडकमा फोहरको थुप्रो देखिन थालेको छ भने अर्कातिर रोग फैलिने जोखिम बढेको छ ।

काठमाडौँ उपत्यकाबाट निस्कने फोहर दैनिक डेढ सयभन्दा बढी ट्रकले नुवाकोटको सिसडोल ल्यान्ड फिल्ड साइटमा लग्ने गरेको थियो । तर २ सातायता ती ट्रक गुडेका छैनन् । पानीले सडक हिलाम्मे भई ट्रक लान सक्ने अवस्था नरहेको कारण जनाएर महानगरपालिकाले फोहर सङ्कलन नै बन्द गरेको हो । जसका कारण उपत्यकाका टोल टोलमा फोहरको थुप्रो देखिन थालेको छ । घरमा दुर्गन्ध फैलिएको भन्दै सडकमा थुपार्ने क्रम बढेको हो ।

महानगरले भने अझै १५ दिन फोहर सङ्कलन नगर्ने बताएको छ । उसले सिसडोल ल्याण्डफिल साइट भरिसकेको र त्यसको विकल्पमा नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिममा पुगेको उसको भनाइ छ । फोहर सङ्कलनमा समस्या भएको अहिले मात्र होइन ।

महानगरले समय समयमा विभिन्न बहाना बाजी गर्दै आएको छ । उसँग फोहर व्यवस्थापनको दीर्घकालीन नीति नै छैन । कतिपयले कुहिने र नकुहिने छुट्टाएर फोहरलाई मोहरमा परिणत गरिरहेका छन् । तर यतातर्फ महानगरको चासो नै छैन ।

महानगरले दुई सातादेखी फोहर सङ्कलन नगर्दा टोल टोलमा दुर्गन्ध बढेको छ । त्यति मात्र होइन, हैजा, झाडापखाला, दम, श्वासप्रश्वास र छालासम्बन्धी रोगको जोखिम बढेको चिकित्सकहरुको भनाइ छ ।

फोहर व्यवस्थापन लागि बञ्चरेडाँडामा ल्याण्डफिल साइटको निर्माण गर्न थालेको तीन वर्ष भइसकेको छ । दुई वर्षमा सक्ने भनिएको थियो । तर ढिलासुस्तीमा कसैलाई जिम्मेवार बनाइएको छैन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!