१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बाँके जिल्लाका ५ स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त घोषणा

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८


(ABC-Sanchar)
बाँके । स्थानीय तहले वडा स्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।

परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक/एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

पछिल्लो पटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाए।

बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडा स्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन ।

जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरूको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!