१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नेपालका ३ सुरक्षा निकायको (रासन-भत्ता) अझैसम्म पनि बढेन

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ ।

शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् । रासनभत्ताको स्केल बनाउँदा बढेको बनाउने कि पुरानै दरमा बनाउने ती अधिकृतहरू अलमलमा परेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सबै सुरक्षाकर्मीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने केपी ओली सरकारको निर्णयलाई शेरबहादुर देउवा सरकारले बेवास्ता गरेपछि अघिल्लो सरकारले घोषणा गरेको कार्यक्रम अलपत्र पर्ने हो कि भन्ने चिन्ता सुरक्षाकर्मीले लिएका छन् ।

सरकारले बढेको रासनभत्ता रोकेपछि पुरानै रासनभत्ता वितरणको तयारी गरेको एक लेखा अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए । ‘बढेको रासन भत्ता आउँछ भन्नेमा हामी ढुक्क छौं’- नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । उनले भने- ‘साउनको तलबसमेत अहिले नआइसकेका कारण बढेको रासनभत्ता पनि आउला र !’

सरकारी निकायमा हरेक महिनाको अन्तिममा तलब निकासा हुने र कर्मचारीलाई सम्बन्धित सरकारी कार्यालयले वितरण गर्ने गरेको भए पनि यसपटक भने अहिलेसम्म तलब वितरण नगरिएपछि कर्मचारीहरू अलमलमा परेका छन् ।

अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्दा आफूहरू अलोकप्रिय हुने रोग अहिलेको सरकारमा देखिएकाले तलब र भत्तासमेत रोकेको आरोप एक सुरक्षा अधिकारीले लगाए ।

‘हामी जो सरकार आए पनि सरकारको आदेशको पालना गर्ने हो तर अहिले बनेको सरकारले निर्णय कार्यान्वयन गर्नुको सट्टा आलटाल गरेर बसेको छ, यस्तो भयो भने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीको मनोबल गिर्छ’- ती अधिकारीले भने । सरकारले बढेको रासनभत्तामा राजनीति नगरी तत्कालै निकासा गर्ने वातावरण बनाउनुपर्ने सुरक्षाकर्मीले बताउन थालेका छन् ।
नेपाल समाचारपत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!