(तेज वली)
दाङ । तुलसीपुर राप्ती प्रादेशिक अस्पतालको इमेरजेन्सी, डालासिस र गाइने वार्ड बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई शुक्रबार दिउँसो कार्यकक्षमै गएर सर्जन परियारको समूहले कालोमासो दलेपछि त्यसको विरोधमा अस्पतालले अन्य सेवा बन्द गरेको हो ।
कालोमासो दलेसंगै परियारको समूह फरार रहेको छ । डाक्टर मेसु सिंहसंग सामान्य विवाद हुदा परियारको समूहले कालोमासो दलेको अस्पताल प्रसाशनले जनाएको छ । साथै अस्पताल प्रसाशनले मेसूलाई कालोमासो दलेर फरार रहेको परियारको समूहलाई पक्राउ नगर्दा सम्म अस्पतालको अन्य सेवा बन्द राख्ने जनाएको छ ।