१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अस्पताल जस्तो क्षेत्रमा कालो मोसो दल्नेलाई कानूनी कार्वाही हुन्छ सिडियो: कुरुम्वाङ

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

(एबिसि संचार  )
दाङ । राप्ती अस्पताल विकास समिति तुलसीपुरले दोषीलाई कार्वाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहलाई सर्जन परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पताले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।

घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलगन दोषीलाई हदैसम्मको कारर्वाहीको माग गर्दै घटना प्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरुलाई किटानी जाहेरी दिने निर्णय गरेको छ ।

त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शनिबार बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै घटनामा संलग्न व्यक्तिहरुलाई शनिबार बिहान ९ बजेभित्र पक्राउ नगरे इमरजेन्सी, सुत्केरी, डाइलासीश सेवा बाहयक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

टायडफायडका बिरामीको कल्चर टेष्टको सेवा नभएको सिंहले बताएपछि युवाको समूहले कालोमोसो दलेको थियो । यसैविच आकस्मिक बैठकमा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कोरोनाको समयमा स्वास्थ्यकर्मी भगवान सरह मानेको अवश्थामा मेसुलाई मोसो दल्नु स्वास्थ्यकर्मी माथी धेरै नै अपमान भएको बताए । मेसु सिंहलाई अपमान गर्नु प्रमुख जिल्ला अधिकारीलाई नै अपमान भएको महसुस भएको उनले बताए । साथै उनले अपराधिलाई कानूनको कठघरामा उभ्याएर दण्ड सजाय गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!