१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पर्सा प्रहरीले चोरी भएका २० थान मोवाइल सम्बन्धीत व्यक्तिलाई बुझायो

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

ABC (क्राईमबिट) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हराएका तथा चोरी भएका २० थान मोवाइल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्सा जिल्लाका विभिन्न स्थानबाट मोवाइल हराएको तथा चोरी  भएको भन्ने निवेदका आधारमा अनुसन्धान गर्दा फेला परेका २० थान मोवाइल सम्बन्धित मोवाइल धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । हराएर तथा चोरी भएर मोवाइल पाउने आश मारीसकेकाहरु मोवाइल पाइसकेपछि खुशी भएर फर्किएका छन् । साथै प्रहरीको यस कार्यका कारण प्रहरीप्रतिको विश्वास अँझै बढेको र नेपाल प्रहरीको गरिमा अँझै उच्च भएको उनिहरुले प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!