१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नेपाल र भारतको वल्मा बीचमा मैत्रीपूर्ण सम्मेलन हुने

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

(समीर अली बेहना)
बाँके । मानवतालाई जोगाउन नेपाल र भारतको वल्मा बीच मैत्रीपुर्ण सम्मेलन हुने भएको छ । अहले सुन्नत वल जमातको केन्द्रविन्दु रहेको दरगाहे आला हजरत बरैली शरीफमा भदौ १४ गते सम्मेलन हुने बताइएको छ । मरकजे अहले सुन्नत दरगाहे आला हजरत बरैली शरीफद्वारा आयोजना गरिएको सम्मेलनमा नेपाल र भारतको वल्माहरु बीच मानवता जोगाउन गरीब पीडित असाहाय तथा विपन्न वर्गलाई शैक्षिक , आर्थिक, सामाजिक लगायतको क्षेत्रमा उकास्न छलफल गरिनेछ ।

सूफीनिज्मको केन्द्रविन्दु रहेको दरगाहे आला हजरत बरैली सरीफमा नेपाली वल्मालाई सम्मान गर्ने तथा मैत्रीपुर्ण सम्बन्ध बनाउन यो सम्मेलन राखिएको नेपाल वल्मा काउन्सिल लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना वा मुफ्ती मोहम्मद कैफुल मिस्बाहीले बताउनु भयो । उहाँले भन्नू हुन्छ , वर्तमान समयमा मानवता जोगाउन सूफीनिज्मको अत्यन्त जरुरी छ । सूफी बिचारधारा समाजमा शान्ति, समृद्धि र विभेदमुक्त समाज निर्माण गर्नको लागि भैपरी लागी सकेको छ भनी मिस्बाहीले बताउनु भयो । वल्माहरु बीच सम्मेलन गरि नेपाल वल्मा काउन्सिल र मरकजे अहले सुन्नत बीच अझै निकटता कायम हुनेछ । यस सम्बन्धले विभिन्न समुदायको शैक्षिक , आर्थिक सामाजिक लगायतको विकास गर्न उहाँको भनाइ थियो । भदौ १४ गते हुने सम्मेलनमा नेपालको विभिन्न जिल्लाहरुबाट वल्माहरुको जमातले प्रतिनिधित्व गर्ने छ भने भारत तर्फ बरैली , किछौछा लगायतको शहरबाट वल्माहरुकोले सहभागिता जनाउने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!