०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश नम्बर २ मा सरकारी गाडीमा पाटीको झन्डा व्यापक दुरुपयोग

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८


(ABC-Sanchar)
पर्सा । प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।

महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका थिए ।

नगरप्रमुख साहले प्रयोग गर्दै आएको ज.१ झ ४२९ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल छाप अङ्कित झण्डा झुन्ड्याएर लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई विमानस्थलबाट लगेका थिए ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सरकारी सवारीसाधनको यसरी अनियन्त्रितरुपमा दुरुपयोग हुनु जनताको लागि दुर्भाग्य रहेको बताए । उनले यस्ता खाले बेथिति नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । उनले नगरप्रमुख साहले सरकारी गाडीमा पार्टीको झण्डा झुन्ड्याएर नेता कार्यकर्ता ओसारपसार गर्ने साधनको रूपमा दुरुपयोग गर्नु अशोभनीय कार्य रहेको टिप्पणी गरे ।
त्यस्तै प्रदेश नम्बर २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका जसपाका नेता सरोजसिंह कुशवाहाले मंगलबार आफ्नो गृहगाउँमा शक्ति प्रदर्शन गर्दै दर्जनौँ भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको झण्डा झुन्ड्याएर गाउँको परिक्रमा गराएका थिए ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ स्थित सरपल्लोमा आयोजित एक कार्यक्रममा सहभागी हुनु पूर्व आयोजना गरिएको मोटरसाइकल र्‍यालीको क्रममा दर्जनौँ सङ्ख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको छाता अङ्कित झण्डा झुन्डाइएको थियो ।

लामो समय देखि भारतबाट नेपाल प्रवेश गर्ने सिमानाका क्षेत्रहरू बन्द छ । यस्तो अवस्थामा बन्द रहेकोले भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा चलाउन पूर्णरुपमा प्रतिबन्ध पनि गरिएको छ । तर पनि निर्वाधरुपमा भारतीय नम्बरका मोटरसाइकल सहितका सवारी साधनहरू निर्वाधरुपमा चलाइएको पाइएको छ ।

पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहाले मन्त्रीको पदबाट राजीनामा दिएको एक महिना भन्दा लामो समय बितिसक्दा पनि सरकारी गाडी सहित १८ वटा सामग्रीहरू आफूसँगै लिएर प्रदेश सरकारसँग सम्पर्कविहीन भएका छन् । राजीनामा दिएर घर फिर्ता भएसँगै उनी आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडी लगायत १८ वटा महत्त्वपूर्ण सामग्रीहरू समेत उनी आफूसँगै लिएर गएका छन् । प्रदेश सरकारले समेत सरकारी सवारीसाधन सहित सामग्रीहरू फिर्ताका लागि कुनै किसिमको कारबाही प्रक्रिया अपनाइएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!